श्रम मन्त्रालय, कतारले आज सेप्टेम्बर १५, २०२२ देखि लागू हुने गरि खुल्ला ठाउँहरूमा तोकिएको काम गर्ने घण्टा समाप्त हुने जनाएको छ।
बाहिरी कार्यस्थल क्षेत्र र उपयुक्त भेन्टिलेसन नभएको छायादार ठाउँमा बिहान १० बजेपछि दिउँसो ३:३० बजेसम्म काम गर्न निषेध गर्ने नियम आज देखि सकिने श्रम मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यो गर्मी अवधिमा तातो तनावको खतराहरूबाट कामदारहरूलाई जोगाउन श्रम मन्त्रालयले यस्तो नियम लागू गर्दै आएको हो।