गल्फ कोअपरेसन काउन्सिल(जिसिसि) नागरिक र बासिन्दाहरू हय्या कार्ड बिना कतार प्रवेश गर्न सक्ने

फिफा विश्वकपको खेलको टिकट नभएका गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) का नागरिक र बासिन्दाहरुलाई डिसेम्बर ६ आजदेखि बिना हय्या कार्ड कतार प्रवेश गर्न दिइने आन्तरिक मन्त्रालयले जनाएको छ।

तर स्टेडियममा खेल प्रत्यक्ष हेर्न चाहने खेल टिकट भएकाहरूले भने हय्या अनलाइन प्लेटफर्म मार्फत दर्ता गर्नुपर्ने पनि बताएको छ।

आफ्ना निजी सवारी साधनमा कतार यात्रा गर्नेको हकमा जिसिसि देशका नागरिक र बासिन्दाहरूले डिसेम्बर ८, २०२२ देखि विना हय्या कार्ड प्रवेश गर्न सक्नेछन्। उनीहरूले कतार प्रवेश गर्नुअघि कम्तिमा १२ घण्टा अघि आन्तरिक मन्त्रालयको वेबसाइटमा सवारी प्रवेश अनुमतिको लागि आवेदन दिनुपर्ने मन्त्रालयले बताएको छ। । सवारी प्रवेश अनुमतिको लागि कुनै पनि शुल्क लाग्ने छैन।

जिसिसि राष्ट्रहरु भित्र बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पर्दछन् ।


MORE FROM RADIO SUNO