शैक्षिक वर्ष २०२२-२३ चलिरहेको बेला, कोभिड-१९ रोकथामका उपायहरू अपनाएर कतारभरका बालबालिका आज गर्मी बिदा पछि विद्यालयमा फर्किएका छन्।
शिक्षा तथा उच्च शिक्षा मन्त्रालयले विद्यार्थीलाई सुरक्षित रूपमा फर्काउन विद्यालयको तयारी सुनिश्चित गर्दै विद्यालयमा कोभिड-१९ रोकथामका उपायलाई कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा उच्च शिक्षा मन्त्रालयले जारी गरेको भिडियो सन्देशमा मन्त्रालयका उपसचिव डा. इब्राहिम बिन सालेह अल नुइमीले नयाँ शैक्षिक सत्रका लागि मन्त्रालयको योजनाबारे जानकारी गराएका छन्। उनले यो वर्ष सबै कक्षाका विद्यार्थीको शैक्षिक प्रदर्शनको हिसाबले भरिपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेका छन् । कतारले मेगा खेलकुद प्रतियोगिता, फिफा विश्वकप २०२२ को आयोजना गर्न गइरहेको छ, जसमा कर्मचारी, शिक्षक र विद्यार्थीहरूको समूह स्वयंसेवकको रूपमा सहभागी हुने पनि उनले बताएका छन् ।