कतार विश्वविद्यालयमा विभिन्न डिप्लोमा, मास्टर्स र पीएचडी कार्यक्रमहरूका लागि भर्ना खुल्ला भएको छ । विश्वविद्यालयको प्रवेश विभागले आफनो आधिकारिक वेबसाइट मार्फत अगस्त २८ देखि सेप्टेम्बर २९ सम्म वसन्त २०२३ सेमेस्टरको लागि स्नातक कार्यक्रमहरूको लागि भर्ना आवेदन खोलेको जानकारी गराएको छ। भर्ना निर्णय भने डिसेम्बर २७ मा घोषणा गरिनेछ।
भर्ना कार्यक्रम अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले आवेदकहरूलाई प्रत्येक कार्यक्रमको लागि सबै आवश्यकताहरूमा सावधानीपूर्वक ध्यान दिन पनि विश्वविद्यालयले आग्रह गरेको छ ।
आवेदकहरूले विश्वविद्यालमा भर्नाका लागि आवश्यक आवश्यकता र मापदण्ड थाहा पाउन यहाँ क्लिक गरि हेर्नुस् ।