विश्वकप हेर्न कतार आउने फ्यान र यात्रुहरूले प्रतियोगिताभर आपतकालीन र अत्यावश्यक उपचार तथा हेरचाह सेवाहरू हमाद मेडिकल कर्पोरेशन (एचएमसी) ले प्रदान गर्ने सुविधाहरूबाट निःशुल्क लिन सक्ने जनस्वास्थ्य मन्त्रालय कतारले घोषणा गरेको छ।
तथापि यात्रुहरूलाई निजी स्वास्थ्य केन्द्रबाट सेवा सुविधाहरू लिन यात्रा बीमा कभरेजको लागि सिफारिस गरिन्छ। मन्त्रालयले हिजोबाट सुरु गरेको ‘स्पोर्ट फर हेल्थ’ वेबसाइटको ‘फ्यान हेल्थ इन्फर्मेसन’ खण्डले एचएमसीले प्रदान गर्ने सुविधाहरूबाट नि:शुल्क सेवाहरू प्राप्त गर्न फ्यानहरूलाई आफ्नो हय्या कार्ड चाहिने बताएको छ।
प्रतियोगितामा सहभागी हुन कतार आउने यात्रुहरूले कुनै पनि निजी वा सरकारी अस्पताल, मेडिकल सेन्टर, क्लिनिक र फार्मेसीमा स्वास्थ्य सेवा लिन सक्नेछन् ।
एचएमसीको शेख आयशा बिन्त हमाद अल अत्तियाह अस्पताल, अल वाक्रा अस्पताल, हमाद जनरल अस्पताल र हाज्म मेबाइरिक जनरल अस्पताल, कतार २०२२ विश्वकपका फ्यान र यात्रुहरूको उपचार तथा हेरचाह गर्न समर्पित हुनेछन्।