कतारको प्रि विश्वविद्यालय शिक्षा र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कुल अफ आर्ट्सबाट १०० भन्दा बढी प्यालेस्टाईन केन्द्रित कला टुक्राहरु हेर्न कतार फाउन्डेसनले आयोजना गरेको “कतार फाउन्डेसनद्वारा प्यालेस्टाइन विधार्थी कला” प्रदर्शनी कार्यक्रम सञ्चालन भैरहेको छ । कलात्मक अभिव्यक्तिको विभिन्न माध्यमबाट प्रदर्शन गरिएका विविध बिषयवस्तुले प्यालेस्टिनी झन्डा,डोम अफ रक र प्यालेस्टिनी अनुभवलाई परिभाषित गर्ने आत्मिय मानव कथाहरु सहित प्यालेस्टिनी पहिचानको प्रतिक हुने धेरै विषयवस्तुहरु अन्वेषण गर्दछन् । प्रर्दशनीमा कतार च्यारिटीबाट चन्दा रकमका लागीे बक्स पनि राखिएको छ र सबै रकम गाजा राहतको समर्थनमा दिईने जनाईएको छ । यही मिति २०२३ नोभेम्बर १२ देखी कतारको एजुकेशन सिटी स्टुडेन्ट सेन्टरमा शुरु भएको प्रदर्शनी यही नोभेम्बर ३० सम्म हुने छ । बिहान ८ बजेदेखी साँझ ८ बजेसम्म चलिरहेको प्रदर्शनीमा प्रवेश गर्न कुनै शुल्क लाग्दैन ।
साथै कतारका समुदायलाई गाजाका बालबालिकाहरुको लागी ऐक्यबद्धता र समर्थनको प्रयासमा ल्याउने उदेश्यका साथ यही मिति २०२३ नोभेम्बर २४ शुक्रबारका दिन दिउँसो १ बजेदेखी बेलुकी ८ बजेसम्म कतारको एजुकेशन सिटी क्यु एफ को अक्सिजन पार्कमा गाजाका बालबालिकाहरुलाई समर्थन गर्न “सबैभन्दा माथि बालबालिका” नामक कार्यक्रममा उपस्थितिको लागी आहृवान गरिएको छ । शान्तिको लागी “गाजाका बालबालिकाहरुलाई समर्थन गर्न बेलुका ४ र ७ बजे निर्धारित समयमा हामी तपाईलाई भेट्न उत्सुक छौँ भनी आयोजकले जनाएको छ ।“ आधारभुत शिक्षा सबैभन्दा माथि”