कतार केन्द्रीय बैंकले विश्वकपको सम्झनामा बैंकनोट र सिक्का सार्वजनिक गर्यो

कतार सेन्ट्रल बैंक (क्यूसीबी) ले फिफा र सुप्रिम कमिटी फर प्रोजेक्ट्स एण्ड लिगेसीसँग मिलेर आज फिफा र विश्वकपको लोगो भएको २२ कतारी रियालको स्मरणात्मक बैंक नोट र सिक्का सार्वजनिक गरेको छ ।

विश्वकप ट्रफी र कतार २०२२ को लोगोसहितको मुद्राको एकतर्फ लुसेल स्टेडियमको तस्बिर छ भने अर्कोतर्फ अल बायट स्टेडियम रहेको छ । यी दुई रंगशाला विश्वकपको उद्घाटन र अन्तिम खेल हुने स्थान हुन्। नोटको पृष्ठभूमिमा कतारको राष्ट्रिय प्रतीक, स्काईलाइन, परम्परागत डुङ्गा र जुबारा फोर्ट पनि राखिएको छ।

नयाँ मुद्राले देशमा फुटबलको इतिहासलाई प्रतिबिम्बित गर्दछ र यसलाई प्राप्त गर्न चाहनेहरूले बैंक तथा एक्सचेञ्ज हाउस मार्फत लिन सक्नेछन् । यो कतार देशमा आउने यात्रुले पनि लिन सक्नेछन् ।

केन्द्रीय बैंकले फिफा विश्वकप कतार २०२२ को लागि आधिकारिक स्मरणात्मक बैंक नोट जारी गर्ने कार्य प्रतियोगिता आयोजना गर्ने आधिकारिक निकायसँग समन्वय गरी गरिने जनाएको छ।

MORE FROM RADIO SUNO