कतार आउने यात्रुहरूले अब होटल क्वारेन्टाइनमा बस्न नपर्ने

विदेशबाट कतार आउने यात्रुहरूले अब होटल क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । कोभिड-१९ पोजिटिभ देखिएका र देशमा अवलम्बन गरिएको प्रक्रियाअनुसार आइसोलेसनमा बसेका बाहेक अन्य यात्रुहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था नरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ नियम आइतबार, सेप्टेम्बर ४, साँझ ६ बजे (कतारी समय) देखि लागू हुनेछ।

नयाँ अपडेट अनुसार कोभिड-१९ खोप सम्बन्धि नियम, पूर्व आगमन र पोस्टअराइभल कोभिड-१९ परीक्षण भने यथावतनै रहेको छ।

नयाँ अपडेट अनुसार अद्यावधिक गरिएका अन्य नियमहरु यस प्रकार छन् :

  • कोभिड-१९ रातो सूचीमा राखिएका देशहरुलाई रातो सूचीबाट हटाईएको ।
  • कतारी नागरिक र कतारी बासिन्दाले कतार आईपुगेको २४ घण्टाभित्र र्यापिड एन्टिजन टेष्ट प्राइमरी हेल्थ केयर कर्पोरेशन हेल्थ सेन्टर वा जनस्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत निजी मेडिकल सेन्टरमा गर्नुपर्ने ।
  • विदेशी यात्रुहरुले कतारको लागि निर्धारित उडानको ४८ घण्टा भित्र पोलिमरेज चेन रियाक्सन (पिसिआर) को नेगेटिभ रिपोर्ट वा कतारको निर्धारित उडानको २४घण्टा भित्र र्यापिड एन्टिजन परीक्षण को नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने ।

श्राेत : MoPH

MORE FROM RADIO SUNO