कतार आउने पर्यटकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

कतार आउने पर्यटकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ ।

जनस्वास्थ्य मन्त्रालय कतारले अनिवार्य स्वास्थ्य बीमा योजनाको पहिलो चरणको कार्यान्वयन आगामी फेब्रुअरी १, २०२३ देखि सुरु हुने घोषणा गरेको छ ।

मन्त्रालयले जनस्वास्थ्य मन्त्रालयमा दर्ता भएका स्वास्थ्य बीमा कम्पनीहरूबाट पर्यटकहरूलाई स्वास्थ्य बीमा गर्न सक्ने गरी योजनाको पहिलो चरण सुरु गर्न आवश्यक व्यवस्था मिलाएको छ।

पर्यटक भिसामा आउने यात्रुले कतार प्रवेश गर्दा र भिसा बढाएर बस्दा प्रति महिना ५० रियालको बिमा गर्नुपर्ने जनाएको छ । यो प्रिमियमले आकस्मिक र दुर्घटनाका सेवाहरू मात्र समेटनेछ भने थप सेवाहरूका लागि प्रिमियमहरू बीमा कम्पनीहरूको मूल्यमा निर्भर पर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य बीमा योजना र जनस्वास्थ्य मन्त्रालयमा दर्ता भएका बीमा कम्पनीहरूको सूचीको बारेमा थप जानकारीको लागि कृपया यो लिङ्क क्लिक गर्नुहोस् ।

MORE FROM RADIO SUNO