कतारा क्षेत्रमा डिसेम्बर १८ सम्म निश्चित समयका लागि सवारी निषेध

कताराले डिसेम्बर १८ सम्म कतारा क्षेत्रमा सवारी निषेधको घोषणा गरेको छ । यो हिजो नोभेम्बर १५ बाटै लागू भएको छ ।

कतारा प्रवेशका लागि सबै सवारी साधनलाई बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अनुमति दिइएको छ । दिउँसो १ बजेपछि कताराका कर्मचारी तथा कामदारहरू, कार्यक्रमहरूमा सहभागी हुनेहरू, कताराका रेस्टुरेन्ट र पसलहरूको डेलिभरी सवारी साधनहरू, कतारा कल्चरल भिलेजका ट्याक्सी, लिमोजिन र होटलका बासिन्दाहरूलाई प्रवेश अनुमति दिइएको छ ।

कतारा जाने यात्रुहरूले गाडीहरूको लागि छुट्याइएको निम्न पार्किङ क्षेत्रहरूमा पार्किङ गर्न सक्नेछन्:

कताराको दक्षिण तर्फ: २,००० पार्किङ स्पेसको क्षमता
एनर्जी भवन: ६०० पार्किङ स्पेसको क्षमता

यात्रुहरूले सार्वजनिक यातायात पनि प्रयोग गर्न सक्नेछन्। कतारा कल्चरल भिलेजमा पुग्न कतारा मेट्रो स्टेशन र अल कसार मेट्रो स्टेशन प्रयोग गर्न सकिनेछ।

MORE FROM RADIO SUNO