कतारामा विश्वकै ठूलो फुटबल बुट अनावरण

विश्वको सबैभन्दा ठूलो फुटबल बुट हिजो साँझ नोभेम्बर १४, २०२२ मा कतारा कल्चरल भिलेजमा अनावरण गरिएको छ ।

विश्वको सबैभन्दा ठूलो फुटबल बुट १७ फिट लामो, ७ फिट अग्लो, ५०० केजीभन्दा बढी तौलको र फाइबर, छाला, रेक्सिन, फोम सिट र एक्रिलिक पानालगायत फुटबलको जुत्ता बनाउन प्रयोग हुने समान सामग्री प्रयोग गरेर निर्माण गरिएको हो। यसको रंग सादा सेतो छ जसमा तीन पातलो रेखाहरू छेउमा छन्।

यसले विश्वको सबैभन्दा ठूलो फुटबल बुटको लागि गिनिज वल्र्ड रेकर्ड कायम गर्ने प्रयास गर्नेछ।

कार्यक्रमको प्रमुख अतिथिमा कतार राज्यका लागि भारतीय राजदूत महामहिम दीपक मित्तल रहनु भएको थियो । कार्यक्रममा कतारा पब्लिक डिप्लोमेसी सेन्टरका सीईओ र ग्लोबल पब्लिक डिप्लोम्याटिक नेटवर्कका महासचिव इन्जिनियर दर्विश अहमद अल शैबानी, भारतीय सांस्कृतिक केन्द्र (आईसीसी) अध्यक्ष पीएन बाबुराजन, फोकस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत समीर भलियाभेट्टि लगायत अन्य अधिकारीहरुको उपस्थिती रहेको थियो।

MORE FROM RADIO SUNO