कतारले पाकिस्तानलाई तत्काल राहत सामग्री पठाउने क्रम जारी

कतार राज्यले कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुप अफ इन्टरनल सेक्युरिटी फोर्स (लेखविया), कतार च्यारिटी र कतार रेड क्रिसेन्ट सोसाइटीको सहयोगमा अमिरी वायुसेनाको अत्यावश्यक राहत विमान पाकिस्तान पठाइएको छ । 

यो आपतकालीन सहायता पाकिस्तानमा  भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न  पठाइएको हो।

२३ टनको सहायतामा चिकित्सा सामग्री, औषधि र आवास सुविधा सुधार गर्न विशेष सामग्रीहरू रहेका छन् ।

श्रोत : The Peninsula

MORE FROM RADIO SUNO