कतारमा ११४ औँ लक्ष्मीजयन्ती समारोह सँगै  कृसु क्षेत्रीको एकल कविता वाचन सम्पन्न

लक्ष्मीजयन्ती

नेपाली साहित्य क्षेत्रका महान हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा कतारमा रहेका साहित्यिक मनहरुको साथ,सहयोग र उपस्थितिमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन सँगै ११४ औँ लक्ष्मीजयन्ती समारोह समापन भएको छ । सो कार्यक्रममा १४० औँ रचना वाचन शृङ्खलासहित अनेसास र नवोदित वाचनालय कतार, ९० औं रचना वाचन शृङ्खलासहित मुगलानी सौगात र एनआरएनए एनसिसि कतार साहित्य विभाग गरी चार संस्थाको समन्वयमा कार्यक्रम भएको थियो।  कार्यक्रमका सभाध्यक्षद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण र प्रमुख अतिथिबाट दीप प्रज्वलन सहित ब्यानर उद्घाटज गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं साहित्यकार कृसु क्षेत्रीले एकल कविता वाचन सुरु गर्दै वाचनको क्रममा गीत लेखनको यात्रा र यात्राकै क्रममा जोडिएका विभिन्न प्रसंग र पृष्ठभुमी सहित प्रेमिल कविता वाचन गर्नुभएको थियो । आफुले भोगेको कथा, भुकम्प पिडितको लागी गरिएको सहयोगको नाममा देखिएका विकृति र विसंगति देखी दशैँ, तिहार चाडपर्व सम्बन्धि कविता वाचन गर्नुभएको थियो । साथै देशमा देखिएको भ्रष्टचार प्रति ब्यङ्ग्य गर्दै ब्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभएको थियो । उपस्थित दर्शकहरु कृसु क्षेत्रीको कविता वाचनबाट भरपुर मनोरञ्जन लिईरहेका थिए । साहित्यकार क्षेत्रीलाई कार्यक्रमको मुल समारोहको तर्फबाट दोसल्ला सहित मायाको चिनो प्रदान गरिएको थियो ।

यसैगरी सन्ध्याग्रुप मुग्लानी सौगातका कार्यवाहक अध्यक्ष सन्तोष केसीले महाकविको बारेमा थप रोचक जानकारीसहितको महाकविको जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ९ साहित्य तथा प्रकाशन विभाग ० संयोजक तथा कार्यक्रम उप (संयोजक सन्तोष क्षेत्रीले स्वागत मन्तव्य र नवोदित साहित्य वाचनलय कतारका मोबाईल पुस्तकालय संयोजक सोम थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । १४० औँ रचना वाचन शृङ्खलासहित अनेसास र नवोदित वाचनालय कतार, ९० औं रचना वाचन शृङ्खलासहित मुगलानी सौगात र एनआरएनए एनसिसि कतार साहित्य विभाग गरी चार संस्थाको समन्वयमा कार्यक्रम भएको थियो।

कार्यक्रमका सभापति तथा अनेसास कतारका अध्यक्ष लेख कार्कीले विशेष गरेर कतार डायसपोरामा रहेर नेपाली भाषा, साहित्य र कलालाई माया गर्ने ४ संस्था हरुले विभिन्न साहित्य तथा बाचन डवली कार्यक्रम अलग अलग गर्दै आएको  बताउनुभयो । यद्यपि विशेष कार्यक्रम हरु मोति जयन्ती, भानु जयन्ती, पारीजात जयन्ती अनेसास नबोदित र लक्ष्मी जयन्ती,दोहामा स्थापित ४ ओटै साहित्यिक संस्थाहरुले नेपाल बाट चर्चित साहित्यकार लाई आमन्त्रित गरेर कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।  कार्कीले कवि कृसु क्षेत्रीले साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै दूतावासको सहयोग र उपस्थिति प्रति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

MORE FROM RADIO SUNO