कतार राज्यको प्रतिक चिन्ह (लोगो) परिवर्तन भएको छ ।
प्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख खालिद बिन खलिफा बिन अब्दुल अजिज अल थानीले आज सेप्टेम्बर १५, २०२२ मा कतारको राष्ट्रिय संग्रहालयमा कतार राज्यको नयाँ राष्ट्रिय प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् ।
नयाँ प्रतिक चिन्हमा ऐतिहासिक कतारी प्रतिकहरू संस्थापकको तरवार, खजूरको रूख, समुद्र र परम्परागत डुङ्गा राखिएको छ।