कतारको निजी स्वास्थ्य संस्थाले विश्वकपमा सहज सेवा दिन तयार

कतारको निजी स्वास्थ्य सेवा क्षेत्रले विश्वकप कतार २०२२ मा फुटबल फ्यानहरूलाई चिकित्सा सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

जनस्वास्थ्य मन्त्रालय कतारले २४ सै घण्टा आकस्मिक र अत्यावश्यक सेवा सञ्चालन गर्न १५ निजी स्वास्थ्य सेवा प्रदायकलाई सूचीकृत गरेको छ ।

स्वास्थ्य सेवा समेटिएको यात्रा बिमा भएका भ्रमणमा आएका फ्यानहरूले निजी स्वास्थ्य सेवा क्षेत्रका स्वास्थ्य संस्थामा गएर बीमा नीति बमोजिम उपचार गराउन मन्त्रालयले जनाएको छ ।

सूचीकृत गरिएका १५ स्वास्थ्य संस्थामा अल इमादी अस्पताल, दोहा क्लिनिक अस्पताल, अल अहली अस्पताल, नसीम अल रबीह मेडिकल सेन्टर, क्वीन अस्पताल, टर्की अस्पताल, रेहान मेडिकल कम्प्लेक्स, डा.मूपेन्स एस्टर अस्पताल, सिद्रा मेडिसिन, वेस्ट बे मेडिकेयर, अल वक्रा क्लिनिक र अल इमादी अस्पताल क्लिनिकको अर्जेन्ट केयर युनिट , उत्तर, अमन अस्पताल, अल्फार्दन मेडिकलको नर्थवेस्टर्न मेडिसिन र फ्यूचर चिकित्सा केन्द्र रहेका छन् ।

MORE FROM RADIO SUNO