ओलिभ सुनो रेडियो नेटवर्कले गरांगाओ फेस्टिभल भव्य रुपमा मनाएको छ ।
गरांगाओ खासगरि बालबालिकाको चाड हो, जुन पवित्र महिना रमादानको १४ औं दिनमा मनाइने गरिन्छ। कार्यक्रम विशेषगरि बालबालिकाका लागि आयोजना गरिएको थियो । नेपाली बालबालिका सहित कतार, भारत, श्रीलंका, फिलिपिन्स् लगायत देशका बालबालिकाहरु सहभागी भएका थिए । कार्यक्रम बालबालिकाको मनोरञ्जनका लागि विभिन्न खेल खेलाइएको थियो । खेलका विजेता र सहभागी सबै बालबालिकालाई उपहार स्वरुप आकृर्षक पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमलाई क्याडबरी अरेबिया, फेमली फार्मेसी, कतार क्यानेडियन ट्रेडिंग, अमूल अरेबिया, रोस्टी टेस्टी, नसिम हेल्थ केयर, एमआरए, बटाटो चिप्स्, अल्कालाईभ वाटर र वाघ बक्री टीले प्रायोजन गरेको थियो ।