प्राइमरी हेल्थ केयर कर्पोरेशन उम सलाल स्वास्थ्य केन्द्रले २४ सै घण्टा बाल चिकित्सा तत्काल हेरचाह क्लिनिक सुरु गरेको छ र थप स्वास्थ्य केन्द्रहरूले पनि चाँडै २४ सै घण्टा सामान्य तत्काल हेरचाह सेवाहरू प्रदान गर्ने प्राइमरी हेल्थ केयर कर्पोरेशनले जानकारी गराएको छ ।
उम सलाल स्वास्थ्य केन्द्र, देशभरका २८ पिएचसिसि स्वास्थ्य केन्द्रहरू मध्ये एक स्वास्थ्य केन्द्र हो जस्ले वयस्कहरूका लागि अत्यावश्यक हेरचाह सेवाहरू प्रदान गर्दै आएको छ । तर अब वयस्कहरु मात्र नभएर बच्चाहरू र युवाहरूका लागि २४ सै घण्टा अत्यावश्यक हेरचाह सेवाहरू प्रदान गर्न आफ्नो सेवाहरू विस्तार गरेको छ।