अमिरी दिवानले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फितरको अवसरमा ईदको बिदा घोषणा गरेको छ ।
मन्त्रालयहरू र अन्य सरकारी निकायहरू, सार्वजनिक निकायहरू तथा संस्थाहरू अप्रिल १९ बुधबारबाट अप्रिल २७ विहिबारसम्म विदा रहने अमिरी दिवानले एक सूचना मार्फत जानकारी गराएको छ । अप्रिल २८ र २९ तारिख सप्ताहन्त परेकाले सम्पूर्ण सरकारी कार्यलयहरुको काम अप्रिल ३० बाट सुचारु हुनेछ।
कतार केन्द्रीय बैंक (क्युसिबी) र कतार वित्तीय बजार प्राधिकरण (क्यूएफएमए) को मातहतमा काम गर्ने बैंक र वित्तीय संस्थाहरूको विदा भने कतार केन्द्रीय बैंकका गभर्नरले तोक्नेछन्।