हमाद मेडिकल कर्पोरेशनले विदाको अवधिभर आपतकालीन सेवा चौंबिसै घण्टा सञ्चालन हुने जनाएको छ ।
बाल चिकित्सा आपतकालिन केन्द्रहरूले पनि १४ वर्ष मुनिका बालबालिकाहरू समावेश हुने चिकित्सा आपतकालिनहरूको लागि सामान्य रूपमा छुट्टीको अवधिभर चौंबिसै घण्टा सञ्चालन गर्नेछन्।
एम्बुलेन्स सेवाले यस अवधिमा आपतकालीन चिकित्सा सहायता चाहिने व्यक्तिहरूको लागि सामान्य सेवा सञ्चालन गर्नेछ।
आउटपेसेन्ट क्लिनिक तथा तत्काल परामर्श सेवा अप्रिल १९, बुधबारदेखि अप्रिल २७, बिहीबारसम्म बन्द हुनेछ । यो सेवा अप्रिल ३०, आईतबारमा पुन: खुल्नेछ।
राष्ट्रिय मानसिक स्वास्थ्य हेल्पलाइन अप्रिल १९ र २० मा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म सञ्चालन हुनेछ। यो अप्रिल २१ शुक्रबार देखि अप्रिल २५ मंगलबारसम्म बन्द रहनेछ। अप्रिल २६ देखि अप्रिल २९ सम्म हेल्पलाइन बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन हुनेछ र अप्रिल ३०, आईतबारदेखि सामान्य सञ्चालनमा फर्किनेछ।
फार्मेसी होम डेलिभरी सेवा अप्रिल १९, बुधबार देखि अप्रिल २७ बिहीबारसम्म बन्द रहनेछ र अप्रिल ३० आईतबार पुन: खोलिनेछ।
सरकारी हेल्थकेयर हटलाइन १६०००, चौंबिसै घण्टा सञ्चालन हनेछ।