आन्तरिक मामिला मन्त्रालय, कतारले स्कूल बसमा सुरक्षा उपायहरू अपनाउन आग्रह गर्यो

आन्तरिक मामिला मन्त्रालय, कतारले बालबालिकालाई स्कूल बसहरूमा सुरक्षाका उपायहरू पालना गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

मन्त्रालयले ट्वीटरमा ट्वीट गर्दै भन्यो, “बालबालिका विद्यालय जाने र फर्किने क्रममा उनीहरूको सुरक्षा सुनिश्चित गर्न  कृपया उनीहरूलाई आवश्यक सुरक्षा उपायहरू बारे सचेत गराउनुहोस्। उनीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,”

आन्तरिक मामिला मन्त्रालयले बस चालकले देख्न सक्ने सुरक्षित क्षेत्रमा बसको लागि पर्खन, बसको पछाडि नउभिन, बस भित्र शान्त रहन र हिड्न र खेल्नबाट जोगिन, बस पर्यवेक्षकको निर्देशनहरू पालना गर्न, चालकलाई विचलित नगर्न,  झ्यालहरू र आपतकालीन द्धारमा छेडछाड नगर्न,  र बस चढ्दा र ओर्लँदा लाइनमा रहन आग्रह पनि गरेको छ ।

श्राेत : https://www.gulf-times.com/story/722998/MoI-highlights-school-bus-safety-measures?fbclid=IwAR2aO8xaL3pAnVrsSM4TRjIXkegxPzLd-NLnhTl7RJSPoPsRQmq84nhsu6w

MORE FROM RADIO SUNO