नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि शुरु हुने भएकाे छ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।
आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वत: एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली mdms.nta.gov.np मा दर्ता भए नभएको एकिन गरी मात्र खरिद गर्न आग्रह गरेको छ ।