नगरपालिका मन्त्रालयले मर्मतसम्भार र सौन्दर्यीकरणका लागि अल वाक्रा स्थित पारिवारिक र सार्वजनिक समुद्र तट दुई महिनाका लागि बन्द गरेको छ ।
बन्द अगस्ट ३१ बाट अक्टोबर ३१, २०२२ सम्म हुनेछ र यसको उद्देश्य नागरिकको आवश्यकताहरू पूरा गर्न समुद्र तटको विकास गर्नु रहेको नगरपालिका मन्त्रालयले जनाएको छ।
अल वाक्रा नगरपालिका, आयोजना व्यवस्थापन तथा विकास , कतारको सडक तथा सार्वजनिक स्थलको सौन्दर्यीकरणको सुपरिवेक्षण समितिको प्रतिनिधित्वमा नगरपालिका मन्त्रालय, कतारले अस्थायी बन्दको घोषणा गरेको हो ।